२०७६ सालको पात्रो बन्यो, दशैं-तिहार कहिले ?

Dashain
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो ।

पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ ।

तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मी पूजा, ११ गते गोवर्द्धन पूजा र म्हपूजा तथा १२ गते भाइटीका रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्