७.५७ अंकले घट्यो नेप्से

Share Market
लाेकपाटी न्यूज

काठमाडौं, २ माघ । २ दिन लगातार उकालो लागेको सेयर बजार बुधबार भने घटेको छ । बुधबार नेप्से परिसुचक ७.५७ अंकले घटेर ११८७.९७ को बिन्दुमा कारोबार बन्द भएको हो ।

कुल १६९ कम्पनीको १७,४४,१८७ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने नेपाल बैंक लिमिटेडले अग्रता लिएको छ । जसको आज ८ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै बुधबार सर्वाधिक कमाउनेमा अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा ९.६९ प्रतिशतले वृद्धि भएको छ भने सर्वाधिक गुमाउनेमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७.४९ प्रतिशतले घटेको छ ।

बुधबार नेप्सेमा सुचिकृत ११ वटा समूहहरु मध्ये ३ वटा समूहहरुको परिसुचक बढेको छ भने बाँकी सबै समूह घटेका छन् । परिसुचक बढ्नेमा व्यापार समुह उत्पादन तथा प्रशोधन समुह र जलविद्युत समुह रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्