काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ। कम्पनीले पुस २५ गते सम्पन्न चौथो साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो।
कम्पनीले पुस ११ कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो। पुस १२ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुदाँ कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ।
त्यस्तै सो मितिपश्चात रोक्का राखिएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा रोक्का नजनाइ जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस शेयर समेत रोक्कामा राख्नेतर्फ आवश्यक पहलकदमी गर्नसमेत कम्पनीले अनुरोध गरेको छ।



लोकपाटी न्यूज

