‘बमजनमाथि सामाजिक सद्भाव बिथोल्नेहरुले झूटा आरोप लगाए’

Rambahadur Bamjam
लाेकपाटी न्यूज

काठमाण्डौं, १ माघ । बोधी श्रवण धर्म संघले आफ्ना धर्म गुरु रामबहादुर बमजनमाथि लगाएको बलात्कार र हत्या आरोपमाथि आपत्ति जनाएको छ ।

संघले मंगलबार काठमाण्डाैंमा पत्रकार सम्मेलन गरी आफ्ना गुरु बमजनले त्यस्ता कुनै पनि गतिविधि नगरेको दाबी गरेको हो । करोडौँ नागरिकको विश्वासको धरोहर आफ्ना गुरु बमजनमाथि चेलाहरुलाई हत्या, बलात्कार र बेपत्ता पारेको भन्दै आएको समाचार सत्य नरहेको संघका अध्यक्ष निलबहादुर थिङले बताए ।

उनले भूकम्पका बेला सम्पर्कमा नआएका आनीहरुबारे सम्बन्धित परिवारले खोजी गरेको विषयलाई लिएर आफ्ना गुरु बमजनमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाएका हुन् । आफूहरुको आश्रमबाट कसैमाथि पनि हत्या, बलात्कारलगायतका घटना नभएको बमजन संरक्षक रहेको संघको दाबी छ । उनी ‘लिटिल बुद्ध’को नामले चर्चित छन् ।

संघले आफ्ना गुरु बमजनमाथि देशमा सामाजिक सद्भाव बिथोल्न खोज्नेहरुले झूटा आरोप लगाएको भन्दै भ्रमणमा नपर्न पनि सबैलाई आह्वान गरेको छ ।

बमजनमाथि आश्रममै आफ्ना चेलाहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायतको आरोप लगाइएको छ । त्यस सम्बन्धमा प्रहरीले पनि बाराको हलखोरिया, सिन्धुपाल्चोकको धापसारा आश्रममा अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्