निर्वाचन आयोगले माग्यो सात अर्ब सात करोड ९४ लाख बजेट

nirbachan-aayog
लोकपाटी न्यूज

काठमाण्डौं। आउँदो वैशाखमा घोषणा भएको चुनावका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब सात करोड ९४ लाख रुपैयाँ बजेट माग गरेको छ। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिएको छ।

कोरोना महामारीको समयमा चुनाव सञ्चालन र व्यवस्थापन गर्नुपरेको हुँदा खर्च धेरै लाग्ने भए पनि विगतका चुनावमा भएका खर्चभन्दा मितव्ययी हुने गरि चुनावको तयारी गरिएको आयोगले जनाएको छ। यसअघि अर्थमन्त्री विष्णु पौडेलसँग भएको छलफललाई आधार मानेर चुनाव सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यहरूका लागि मात्र बजेट माग गरिएको आयोगले जनाएको छ ।

विगतका चुनावमा प्रयोग गरि अहिले मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरि प्रयोग गर्ने व्यवस्था गरिएकाले नयाँ सामग्री, उपकरण र गाडी खरिद गर्ने रकम बजेटमा समावेश गरिएको छैन। आयोगले कोरोना महामारीबाट बच्ने सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्