काठमाडौं, २७ पुस । नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ ।
शुक्रबार जगत गुरु रामानन्दाचार्य सेवा पिठ सुनसरी तथा महायोगी सिद्धबाबा आद्यात्मिक प्रतिष्ठान भक्तपुरले पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीको चतराधाममा पहिलोपटक महायज्ञ गर्न लागेको जानकारी दिएको हो ।
श्री श्री श्री १००८ बैष्णव डा.कृष्णदास महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखिएको छ ।
सबैभन्दा पवित्र कर्म कृषि रहेको भन्दै डा.कृष्णदास महाराजले भने,‘नेपाल कृषिप्रधान देश हो । तर, हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ, हाम्रो जीवनशैली कृषि हो, कृषि पेशा छोडेर अन्यत्र जाने काम भईरहेको छ, कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन्, कृषकलाई निरोगी बनाउँछ, अरुलाई पाल्न सक्ने पेशा यही कृषि हो, हामी हरित क्रान्तिमा जुटि रहेका छौं, हरित गृहमा बायुमण्डीलीय प्रभावलाई रोक्न र प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट जोगाउमा सबैले ध्यान दिनुपर्छ ।’
डा.कृष्णदास महाराजले जात, पात उच निचरहित जीवन जिउन मानव एक भएर बाँचौं भन्ने हिन्दुधर्मको मुल मन्त्र भएको भन्दै यसलाई कुनै व्यक्ति वा संस्थासँग जोड्न नमिल्ने बताए ।
उनले भने,‘७०५ वर्षपछि नेपालमा पहिलोपटक ‘श्रीराम तारकब्रम्ह महायज्ञ’को आयोजना हुँदैछ, हरित नेपाल, स्वस्च्छ नेपाल, स्वालम्बी नेपाल, समृद्ध नेपाल र संस्कारी नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्रीदेखीदेश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन् ।’
करिब ८ करोडको आर्थिक लागतमा सम्पन्न हुने महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति रहनेछ ।



लाेकपाटी न्यूज

