महाप्रबन्धकको पहिलो एक्सन : ‘सपथ लिनेबित्तिकै इन्धनको मूल्य घट्याे’

surendre paudel
लाेकपाटी न्यूज

काठमाडौं, २६ पुस । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।साविकको बिक्री मूल्य १ सय ४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको हो ।

निगमको ४९औँ वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिएका हुन् ।

निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले बताए । केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।

नेपाल आयल निगमको महाप्रवन्धकमा सुरेन्द्र पौडेल नियुक्त हुनेबित्तिकै इन्धनको मूल्य घटेको हो । महाप्रवन्धक पौडेलले डुब्नै लागेको उदयपुर सिमेन्ट उद्योगदाई नाफामा लगेपछि सरकारले उनलाई यसै साता निगमको महाप्रवन्धकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्