राष्ट्रिय वाणिज्य बैंकले बोलायो एजीएम, लाभांश वितरण गर्ने प्रस्ताव लैजाने

Rastriya-banijya-bank_01
लोकपाटी न्यूज

राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण गर्न बैंकको वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले माघ २८ गते बैंकको केन्द्रिय कार्यलयको सभाहलमा सभा बोलाएको हो।

कोभिड १९ को जोखिमका कारण बैंकले शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेको छ। सभाको मिटिङ आइडी र पासवर्ड सम्बन्धित शेयरधनीको इमेलमा पठाइने बैंकले जनाएको छ।

साधारण सभामा बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।