काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले २७ दशमलव ७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश बीमा समिति तथा कम्पनीको साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् ।




लोकपाटी न्यूज

