काठमाडौं । सेन्ट्रल फाइनान्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७५ बोनस सेयर र ३५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ ।
यस्तै, नगदमा २ करोड ४७ लाख १ हजार ९३५ रुपैयाँ खर्च गर्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष यस कम्पनीले ७% नगद लाभांश वितरण गरेको थियो ।



लोकपाटी न्यूज

