एनआईसी एशियाका दुबै म्युचुअल फण्डको एनएभी बढ्यो

लोकपाटी न्यूज

काठमाडौं । मंसिर मसान्तसम्म एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवैै योजनाको एनएभी (प्रतिइकाई खुद मूल्य)बढेको छ । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको प्रतिइकाई खुद मूल्य बढेको हो ।

एनआईसी एशिया ग्रोथ फण्डको प्रति इकाई सम्पत्ति कात्तिक मसान्तमा रू. १२ दशमलव ३९ रहेकोमा मंसिर मसान्तमा वृद्धि भएर रू. १३ दशमलव ७९ पुगेको छ ।

त्यसैगरी, एनआईसी एशिया ब्यालेन्सड् फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य मंसिर मसान्तमा रू. १३ दशमलव शून्य ४ पुगेको छ ।

यो मूल्य कात्तिक मसान्तसम्म रू. ११ दशमलव ७५ थियो । यी दुवै योजनाले मंसिर महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्य बढेसँगै प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको हो । प्रतिइकाई मूल्य बढेसँगै दुवै योजनाको नाफामा पनि वृद्धि भएको छ ।

एनआईसी एशिया ब्ययालेन्सड् फण्डले मंसिर मसान्तसम्म रू. २२ करोड ५८ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तमा रू. १२ करोड ८७ लाख ७१ हजार थियो ।

त्यसैगरी, एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक मसान्तसम्म रू. १९ करोड ८४ लाख २ हजार नाफा गरेकोमा मंसिर मसान्तसम्ममा वृद्धि भएर रू. ३१ करोड ५३ लाख २७ हजार पुगेको छ ।