‘चुनाव जितेर प्रधानमन्त्री बन्छु’ : श्रृङ्खला खतिवडा (भिडियो अन्तर्वार्ता)

shrinkhala khatiwada
लाेकपाटी न्यूज

नेपालमा हुँदै आएको मिस नेपाल यस वर्ष बढि चर्चामा रह्यो । विगतमा मिस नेपालको विरोध गर्ने कम्युनिष्ट दल र नेता थिए । अहिले कम्युनिष्ट पार्टीका नेताकी छोरी नै मिस नेपाल छिन् । यसले नेपालमा परिवर्तन भइसक्यो भन्ने स्पष्ट पारेको छ ।

यतिमात्रै होइन मिस नेपाल २०१८ श्रृखला खतिवडाले मिस वल्र्डमा सहभागि भएर पाएको सफलताले मिस नेपालको महत्व नै बढाइदिएको छ । यसै सन्दर्भमा ऋषि धमलाले मिस नेपाल खतिवडासँग अन्तरवार्ता लिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानी भिडियोसहति यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको सुन्दरता र वौद्धिकताको राज के हो ?

यो सबै मलाई तपाईहरुले हेर्ने आँखाका कारण भएको हो । सुन्दरताले मानिसको आँखा तान्छ । सबैको आँखाले मलाई हेरिसकेपछि वौद्धिकताको पनिआवश्यकता पर्छ । यि दुई पक्षलाई लिएर मलाई सबैले मायागर्नुभएको छ । वास्तवमै म सबैप्रति ऋणि छु ।

मिस नेपाल बन्छु भन्ने सोच्नुभएको थियो ?

सपना देखेकी थिएँ । तर योग्य छु र ? भन्ने लाग्थ्यो । तर योग्य पनि रहेछु । भाग्यले पनि साथ दियो ।

तपाईलाई किन मिस नेपाल बन्ने चाहना थियो ?

मिस नेपाल भन्ने वितिकै ग्ल्यामरको रुपमा मात्रै हेरिन्थ्यो । मिस नेपालप्रति हेर्ने दृश्टीकोण परिवर्तन गर्न मन थियो । मिस नेपालको स्कोप धेरै थियो । त्यो स्कोपलाई भरपुर प्रयोग गरेर नेपाललाई विश्वसामु चिनाउन सक्छुजस्तो लागेको थियो ।

मिस नेपालको यात्रा कसरी सुरु भयो ?

म सुन्दर र राम्री छु भनेर मिस नेपालमा सहभागि भएको होइन । अरु कुरामापनि मेरो क्षमता छ भन्ने लागेर मिस नेपालमा सहभागि हुने सोच बनाएँ । २५ जनामध्ये पनि म सबैभन्दा सुन्दर थिएँ जस्तो लाग्दैन । सुन्दरतापछि के भन्ने कुरा पनि सोचेँ । मिस नेपालको फर्म खुल्नुअघि ध्यान केन्द्र गएँ । ध्यानले मलाई उत्साह थपिदियो । त्यसपछि मिस नेपालको यात्रा सुरु गरेँ ।

मिस नेपालमाजाने विषयमा घरमा के कस्तो सल्लाह हुन्थ्यो ? कसरी मनाउनुभयो ?

मैले आमालाई भनिरहन्थेँ । तर आमाले जिस्किएको ठान्नुहुन्थ्यो । फर्म नै भरेर बुझाएको थाहा पाएपछि विश्वास गर्नुभयो । अनि बुबालाई आमाले नै फकाइदिनुभयो । मैले धेरै कसरत गर्न परेन ।

मिस नेपालपछि मिस वल्र्डमा जानुभयो । त्यहाँपनि ठूलो सफलता मिल्यो । यो सफलतामा कसको सहयोग महत्वपूण रह्यो ?

सम्पूर्ण नेपालीहरुको साथ छ । म त एउटा प्रतिनिधी पात्र मात्र थिएँ । मलाई सफल बनाउन नेपाली दाजुभाई दिदीबहिनीहरुको भूमिका छ । त्यसबाहेक मेरो परिवार त छदैछ । आमा, बुबा, हजुरबा, दाजु सबैको भूमिका म बयान गर्नै सक्दिन ।

अब देश र जनताको निम्ती के गर्न सक्नुहुन्छ ?

मलाई देश र जनताको हितमा धेरै काम गर्ने इच्छा छ । चुनाव जितेर देशको प्रधानमन्त्री बन्छु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्