रमेश भुसाल/ पश्चिम नवलपरासी, १० पुस। पश्चिम नवलपरासीको परासीमा जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधान विपरीत संसद् बिघटन गरेको भन्दै जसपाका कार्यकर्ताहरू राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।
विरोध प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै जसपाका नेताहरूले नेकपा भित्रको झगडाले संवैधानिक संकटमा निम्त्याएको भन्दै संविधान रक्षाका लागि शसक्त आन्दोलनलाई शशक्त पार्ने बताएका थिए।



लोकपाटी न्यूज

