जसपाका कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए

pic 6
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, १० पुस। पश्चिम नवलपरासीको परासीमा जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान विपरीत संसद् बिघटन गरेको भन्दै जसपाका कार्यकर्ताहरू राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

विरोध प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै जसपाका नेताहरूले नेकपा भित्रको झगडाले संवैधानिक संकटमा निम्त्याएको भन्दै संविधान रक्षाका लागि शसक्त आन्दोलनलाई शशक्त पार्ने बताएका थिए।