सिद्वार्थको स्पष्टिकरण: नविलसंग मर्जरमा जान लागेको कुरा हल्लामात्रै

लोकपाटी न्यूज

सिद्वार्थ बैंकले आफू अन्य कुनै बैंकसँग मर्जरमा जान लागेको कुरा हल्ला मात्रै भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै आफू कुनै पनि बैंकसँग मर्जरमा जान नलागेको जनाएको छ ।

केही सञ्चार माध्यममा बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जरमा जान लागेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सिद्वार्थ बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको भन्ने चर्चा निकै रहेको छ ।

बिहिबार सिद्धार्थ बैंकको सेयर सर्वाधिक कारोबार भइरहेको छ। ३७८ रुपैयाँ देखि ४०९ रुपैयाँ सम्ममा बैंकको सेयर कारोबार भइरहेको छ। एक वर्षको अवधिमा बैंकको सेयर मूल्यले सर्वाधिक उचाई लिएको हो।

सुरुवातमा १० प्रतिशत सम्म मूल्य बढेको कम्पनीको सेयर अहिले ५ प्रतिशतले बढेर २९० रुपैयाँमा कारोबार भइरहेको छ। २ घण्टा नपुग्दै बैंकको २० करोड रुपैयाँको सेयर किनबेच भइसकेको छ।