काठमाडौं मेगा बैंकको १० औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११:३० बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र कर प्रयोजन सहित गरेर ३.०५५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते बुक क्लोज गर्दैछ । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन्।
बोनस सेयर जारीपछि पुँजी वृद्धि भई पुँजीगत संरचना संशोधन गर्नुपर्ने भएको हुँदा बैंकको प्रबन्धपत्र पनि संशोधन गरिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सोही सभाले अर्को कुनै बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रक्रियाका आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।



लोकपाटी न्यूज

