आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) नै सुनको मूल्यले यसअघिका कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाएको छ। शुक्रबारको तुलनामा प्रतितोला १४ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेकोमा आइतबार बढेर १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १० ग्राम छापावाल सुनको भाउ १ लाख ४३ हजार ५२० रुपैयाँ पुगेको छ।

यता, चाँदीको भाउ समेत तोलामा १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला २ हजार ७० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज २ हजार ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्