कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएअनुसार ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो। शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको जोशीले बताए।



लोकपाटी न्यूज