काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले आज (बुधबार) फेरि नयाँ कीर्तिमान कायम गरेको छ। सुन तोलामा आठ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढ्दै नेपालमा अहिलेसम्मै उच्च मूल्यको कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको एक लाख ६६ हजार सात रुपैयाँ तोकिएको छ। मंगलबार सुन तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी चाँदी बुधबार तोलाको दुई हजार एक सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको दुई हजार एक सय रुपैयाँ थियो।



लोकपाटी न्यूज
