काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। दशैंको बिदापछि बुधबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकपाटी न्यूज
