रामपुर। पाल्पा-बुटवल सडकखण्डको तानसेन नगरपालिका-८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा रामपुर नगरपालिका-१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु २ ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताए।
मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक रामपुर-१ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन्। निजको सोही कलेजमा उपचार भइरहेको छ।



लोकपाटी न्यूज