जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

तनहुँ। जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना पक्राउ परेका छन् । तनहुँमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ब्यास नगरपालिका–६ स्याम्घा घर भई सोही नगरपालिका–४ शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दर्जीले ती महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, ओखलढुङ्गाबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्