प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त

prakashmansingh_raut_pic
लोकपाटी न्यूज

काठमाडौं। प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोजको १९ गतेदेखि अनिवार्य अवकाश पाएपछि राउत प्रधानन्यायाधीस बनेका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ सालको चैतसम्म रहनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्