काठमाडौं। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका विभिन्न भूभागमा धेरै वर्षा भइरहेको छ । बुधबाररातिदेखि नै जारी वर्षाको कारण विभिन्न नदी तथा खोलाहरूमा जलसतह खतराको तह आसपास पुगेका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ। महाशाखाले यी नदी तथा खोलाका किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।




लोकपाटी न्यूज
