माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु

dhruba-manasara_pic
लोकपाटी न्यूज

हुम्ला। हुम्लामा माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको ताँजाकोट गाउँपालिका(३, औलस्थित सियाणी खोलामा दसैँमा घर पोत्न (सरसफाइ) का लागि माटो खन्ने क्रममा पुरिएर २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दसैँका लागि घर सफा गर्ने सेतो कमेरो खन्न गएको समयमा उनीहरूलाई ढिस्कोले पुरेको थियो। मृतक ध्रुव शाही ताँजकोट गाउँपालिका रोजगार शाखाका प्राविधिकसमेत हुन्। यस्तै उनीहरूसँगै सेते कमेरो (माटो) लिन गएका रामगाउँकै २६ वर्षीय लालबहादुर शाही घाइते भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्