काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य नेपाली बजारमा उच्च पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। बुधबार प्रतितोला एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार ७०० निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य स्थिर छ। बुधबार प्रतितोला एक हजार ९ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूलयमा कारोबार भएको छ।



लोकपाटी न्यूज
