सुनको मूल्यमा कीर्तिमान

Gold
लोकपाटी न्यूज

काठमाडौं। सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ। शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले बृद्धि भएको थियो।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्