काठमाडौं। संसद् अन्तर्गतका तीन समितिको बैठक आज बस्दैछ। पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, बिहान साढे ११ बजे बस्ने गरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोलाइएको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिनेछ ।
त्यस्तै, समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुनेछ ।



लोकपाटी न्यूज

