चारवटा संसदीय समितिको बैठक बस्दै आज

sanghiya_samsad-pic
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्ने भएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ।

संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ। बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्