आज सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

मंगलबारको तुलनामा सुनको मूल्य एक हजार रुपैयाँले बढेर कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्