काठमाडौं। आज (बुधबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ।
यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ। यूरोको मूल्य भने घटेको छ।
मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ।
मङ्गलबार युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा तोकिएको छ।
विदेशी मुद्राको विनिमय दर




लोकपाटी न्यूज
