एमाले सांसदले मागे उपसभामुख रानाको राजीनामा

surya-dhakal-uml
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद सूर्यप्रसाद ढकालले नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताएका हुन्।

सांसद ढकालले उपसभामुखको विषयमा उठेको प्रश्न गम्भीर रहेको बताए। उपसभामुख जस्तो व्यक्तिको बारेमा प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न अथवा राजीनामा दिन उनले माग गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्