ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको जनाएको छ।

महासंघका अनुसार छापावाला सुनको मूल्य आज एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार प्रतितोला एक लाख ५२ हजारमा सुनको कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ। चाँदी तोलाको एक हजार सात सय ९५ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्