अमेरिकाको एक विद्यालयमा गोली प्रहार, चारको मृत्यु

लोकपाटी न्यूज

काठमाडौं। अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।प्रहरीले गोली चलाएको अभियोगमा सोही विद्यालयमा अध्ययनरत एक जना १४ वर्षीय बालकलाई पक्राउ गरेको छ। कोल्ट ग्रे नाम गरेका ती विद्यार्थीलाई हत्याको अभियोगमा वयश्क नागरिकसरह मुद्दा चलाइँदैछ।

जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनले ब्यारो काउन्टीको विन्डरस्थित अपलाची हाई स्कूलमा हिजो भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको जनाएको छ। प्रहरीले घटनामा कस्तो हतियार प्रयोग गरिएको थियो भन्नेबारे केही खुलाएको छैन। एजेन्सी