काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकमा राखेको पोस्ट सरकारको मिलेमतोमा उडाइएको आरोप लगाएका छन्।
मेयर साहले नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको विवरण सरकारकै मिलेमतोमा उडाइएको आरोप लगाएका हुन्।
मंगलबार मेयर साहले सरकारले आफ्नो स्टाटस उडाएको संकेत गर्दै पोस्ट उडाउने नभई दोषी समान आग्रह गरे। प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण गरेर यातना दिएको बालेनले दावी गरेका थिए। मेयर बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।’



लोकपाटी न्यूज

