चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष डीसीद्वारा पदभार ग्रहण

dinesh-dC
लोकपाटी न्यूज

काठमाडौं। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सोमबार पदभार ग्रहण गरेका छन्। सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डिसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन्।

उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन्। चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए। निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्