कोशीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

koshi pradesh
लोकपाटी न्यूज

विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार माओवादी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।

माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। २७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए।

समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए। नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेको पत्र दर्ता गरेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्