कोशी प्रदेश सभाको बैठक बस्दै

Koshi_Pradesh-Shabha
लोकपाटी न्यूज

विराटनगर। कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्