फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य निरन्तर उकालो लागेर एकपछि अर्को नयाँ रेकर्ड कायम गरिरहेको छ। आज बिहीबार पनि सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सो दिन पनि नयाँ रेकर्ड बनेको थियो।

यता, आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्