काठमाडौं। कंगोमा मंकीपक्स प्रकोपबाट १७ हजार ८ सय १ भन्दा बढी संक्रमित भएका छन्। संक्रमणबाट हालसम्म ६ सय १० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताए। मन्त्रीले सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गरे।
संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत् एमपक्सको मानवबाट मानव पसारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको शुरुवात गरेको छ।



लोकपाटी न्यूज

