सांसद दाहालको प्रश्न : त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ?

Rajan -dahal pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयको सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन्। सांसद दाहालले बिहीबार त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा शिक्षामन्त्रीले सरकारको ध्यानाकर्षण गराएको विषयबारे जानकारी गराउन सरकारसँग माग गरेका हुन्।

सांसद दाहालले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्टार लगायत सुरक्षाको कारण कैयौं दिनदेखि कार्यालयमा उपस्थित नसकेको बताए। ‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस्,’ उनले भने, ‘राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ।’ समस्याको पहिचान गरेर समाधान दिन सरकारलाई सांसद दाहालले आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्