छेन्दु। चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधबार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूका अनुसार घटनामा १ जना फसेका छन्।
सिसिटिभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान सहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेका समयमा बिहान १० बजे भएको थियो।
खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एकजना व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी छ। दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ।



लोकपाटी न्यूज

