चितवन। चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ। पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका-५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल मृत्यु भएको हो।
पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको बताए। उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए। मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्।



लोकपाटी न्यूज

