झापा। नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन्।
श्रेष्ठले १३ वर्षीया बालिकालाई ललाई फकाई, प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेका थिए। करणी गरेको उजुरी परेपछि आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको थियो।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज

