मानब बेचबिखनको अभियोगमा न्यौपाने पक्राउ

pakrau
लोकपाटी न्यूज

काठमाडौं। ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका-१ का बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो।

न्यौपानेले मासिक ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ।

पीडितबाट दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पु¥याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७-१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्