पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। वैदेशिक रोजगारमा पोर्चुगल पठाइने भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। उक्त घटनामा संलग्न कैलाली गोदावरी नगरपालिका-२ की दीपा चन्द भक्तपुरको ठिमीबाट आइतबार पक्राउ परेकी हुन्।

चन्दले आकर्षक तलबको प्रलोभन दिई पोर्चुगल पठाइदिने भन्दै १ पीडितबाट ५ लाख ३५ हजार रुपैयाँ लिएकी थिइन्। रकम लिएर सम्पर्क विहीन भएपछि पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

हाल काठमाडौं महानगरपालिका-३१ बानेश्‍वरमा बस्दै आएकी चन्दलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्