२ सय ६३ प्रहरी कार्यालय सहयोगीको सरुवा

Nepal_police
लोकपाटी न्यूज

काठमाडौं। प्रहरी प्रधान कार्यालयले २ सय ६३ कार्यालय सहयोगीको सरुवा गरेको छ। बुधबार उनीहरूको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय किताबखाना (प्रहरी) लाई लेखिएको पत्रमा भनिएको छ, ‘आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८१ साल श्रावण महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी कार्यालय सहयोगीहरूलाई देहायबमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनहुन अनुरोध गरिएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्