काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बुधबार सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो। अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो।आज चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।



लोकपाटी न्यूज
