‘फास्टट्रयाक’ अनुगमनमा जाँदै प्रधानमन्त्री ओली

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज निर्माणाधीन काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा जाने भएका छन्।

फास्टट्रयाकअन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ।

ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उनले स्थलगत निरीक्षण गर्नेछन्। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार ओली आज हेटौंडासम्म पुग्ने कार्यक्रम रहेको छ।

ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्