कांग्रेसले पठायो कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

karnali
लोकपाटी न्यूज

सुर्खेत। नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको छ। चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेललाई पठाइएको प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले बताए।

उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम तोकेर पठाइएको हो।

मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ। कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्